यूएईविरुद्ध नेपालका लागि आरिफको अर्धसतक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

यूएईविरुद्ध नेपालका लागि आरिफको अर्धसतक

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईविरुद्धको खेलमा आरिफ सेखले अर्धसतक पुरा गरेका छन् ।

आरिफले ५९ बलमा ५१ रन पुरा गरेका हुन् । नेपालले यूएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको छ ।

आसिफ खानको कीर्तिमानी शतकसँगै युएईले नेपाललाई विशाल लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको युएईले ५० ओभरमा ६विकेट गुमाएर ३१० रन बनाएको हो ।

नेपालले हालसम्म ३८.४ ओभरको खेल जारी रहँदा ५ विकेटको नोक्शानीमा २२४ रन पुरा गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);