त्रिकोणात्मक सिरिज फाइनल : नेदरल्यान्ड्सलाई नेपालले दियो २ सय ३९ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

त्रिकोणात्मक सिरिज फाइनल : नेदरल्यान्ड्सलाई नेपालले दियो २ सय ३९ रनको लक्ष्य

काठमाडौं । कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि–२०को फाइनलमा नेपालले नेदरल्याण्ड्स सामु दुई सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेदरल्याण्ड्स सामु नेपालले दुई सय ३९ को लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि सर्वाधिक रन कुशल भुर्तेलले बनाए । एउटै सिरिजनमा ४ अर्धशतक हान्ने व्यक्तिगत रेकर्ड समेत बनाई नेपालका लागि ७७ रनको योगदान दिए । उनले ५३ बलबाट ८ चौका ३ छक्कासहित ७७ रन जोडेका हुन् ।

त्यसैगरी आजको खेलमा कुशल मल्लले पनि अर्धसतक प्रहान गरे । उनले २४ बलमा २ चौका र ५ छक्का सहित ५० रनका साथ अविजित रहे । त्यसैगरी दिपेन्द्र सिंह ऐरी अर्धसतक नजिक ४८ रन बनाई अविजित रहे । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले तीन चौका र २ छक्का सहित ३३ रन जोडे भने आशिफ शेखले १६रनको योगदान दिए ।

नेदरल्यान्ड्सका लागि फिलिप्पे बोइसेविनले दुई विकेट लिए । यस्तै सेवास्टीयन ब्राटले एक विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);