व्यवसायीकिकरण नहुँदा आरन पेसा संकटमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

व्यवसायीकिकरण नहुँदा आरन पेसा संकटमा

aran pesa

रामेछाप, ८ माघ । रामेछापमा व्यवसायीकिकरण नहुँदा पराम्परागत रुपमा सञ्चालन हुँदै आएको आरन पेसा संकटमा परेको छ । विश्वकर्मा समुदायले सञ्चालन गर्दै आएको आरन चलाउने पेसा संकटमा परेको हो ।

विश्वकर्माहरुले आरन चलाएर घरेलु प्रयोगका सामानहरुका साथै कुटो, कोदालो, हँसिया, खकुरी, बच्चरोलगायतका सामानहरु बनाउने गर्दछन् । सो काम लगाएवापत स्थानीयहरुले उनीहरुलाई वार्षिक रुपमा केही पाथी अन्न दिने गर्दछन् । जसलाई वाली प्रथा भनिन्छ । श्रम अनुसारको ज्याला नपाइने तथा खलाति बनाउने छाला र फलाम तताउने गोलकोसमेत अभाव भएपछि पेसा संकटमा परेको हो ।हावा दिने आधुनिक मेशिन तथा गोलको लागि स्थानीय तहले सहयोग गरी व्यावसाय प्रवद्र्वनको लागि सहयोग गर्नुपर्ने उनीहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);