लोडसेडिङ हट्यो, १३ हजारको चुल्हो ४ हजारमा किन बिकेन ? | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

लोडसेडिङ हट्यो, १३ हजारको चुल्हो ४ हजारमा किन बिकेन ?

सरकारले समयमै मूल्य घटाएर बिक्री नगर्दा अनुदानको चुल्हो बिक्री हुन नसकेको हो

induction chulo

काठमाडौं,८ माघ ।  भूकम्प र नाकाबन्दीका बेला चीन सरकारले उपलब्ध गराएको विद्युतीय चुल्हो इन्डक्सनको सरकारले मूल्य घटाए पनि बिक्री हुन सकेको छैन।मुलुकमा नियमित विद्युत् प्रवाह भइरहे पनि यसको उपयोग गर्ने प्रचलन नहुँदा इन्डक्सन बिक्री हुन सकेको  छैन ।१३ हजार मूल्य पर्ने चुल्होलाई मूल्य घटाएर ४ हजारमा बिक्री गर्ने गरिए पनि अहिलेसम्म २५ प्रतिशतभन्दा बढी बिक्री हुन सकेको छैन।

सरकारले समयमै मूल्य घटाएर बिक्री नगर्दा अनुदानको चुल्हो बिक्री हुन नसकेको हो। बजारमा यसभन्दा पनि सस्तो मूल्यका इन्डक्सन पाइने भएकाले ग्राहकको आकर्षण यसमा हुन सकेको छैन।सरकारले बिक्री खुला गरेको आठ महिना बितिसक्दा पनि ३ हजार ५ सय ३० वटा मात्र बिक्री भएको नेशनल ट्रेडिङ लिमिटेडले जानकारी दिएको छ।खबर आजको कारोबारमा छ ।