जरिवाना तिरे 'लाइसेन्स' नभए पनि छुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

जरिवाना तिरे ‘लाइसेन्स’ नभए पनि छुट

सवारी सञ्चालन अनुमतिपत्र लाइसेन्स नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ ।

licence

तनहुँ, ८ माघ । सवारी सञ्चालन अनुमतिपत्र लाइसेन्स नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो ।लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए पनि सामान्य जरिवाना तिरेपछि छुटकारा पाइन्छ ।जिल्लाका अधिकांश स्थानीय रुटमा चल्ने सवारी चालक लाइसेन्सविनै बर्षौदेखि सवारी साधन चलाइरहेका छन् । उनीहरुलाई ट्राफिक प्रहरीले चेकजाँच नगर्ने भन्ने पनि होइन ।

उनीहरुलाई ट्राफिकले जरिवानावापतको सामान्य चिट काटेपछि पुनः सवारी चलाउन योग्य हुन्छन् । ग्रामीण भेगमा मात्र होइन, राजमार्गमा चल्ने केही सवारी चालक पनि यसरी नै सवारी चलाइरहेका छन् ।दुर्घटना न्यूनिकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न भन्दै ट्राफिक प्रहरीले राजमार्ग र ग्रामीण भेगमा समेत चेकजाँधचमा कडाइ गरेको छ ।जसबाट सरकारलाई राजश्व त बढेको छ, तर दुर्घटनामा भने न्यूनिकरण भएको छैन् ।आजको नयाँ पत्रिकामा खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);