६ वर्षमा ५५ हजार दुर्घटना, ११ हजार ८३४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

काठमाडौं, १५ मंसिर  । यातायात व्यवस्था विभागको तथ्यांकअनुसार देशभर करिब २८ लाख सवारी साधन दर्ता छन्। तर, २५ लाखले मात्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिएका छन्। करिब ३ लाख व्यक्तिले लाइसेन्सविना नै सवारी चलाइरहेका छन्।

ट्राफिक प्रहरीका अनुसार लाइसेन्स नलिएका व्यक्तिले सवारी चलाएका कारण पनि दुर्घटना बढेकाबढ्यै छन्। ५ वर्षअघि सरकारले सवारी दुर्घटना आधा घटाउने नीति लिएको थियो। तर, पछिल्ला चार आर्थिक वर्षमा दुर्घटना र त्यसमा मृत्यु हुनेहरुको संख्या बढेको गृह मन्त्रालयको तथ्यांक छ।

कुन वर्ष कति दुर्घटना ?

आर्थिक वर्ष ०६८/०६९ मा ८,८९२ दुर्घटना, १,८३७ जनाको मृत्यु
आर्थिक वर्ष ०६९/०७० मा ८,४८४ दुर्घटना, १,८१६ जनाको मृत्यु
आर्थिक वर्ष ०७०/०७१ मा ८,४०६ दुर्घटना, १,७८७ जनाको मृत्यु
आर्थिक वर्ष ०७१/०७२ मा ९,१४५ दुर्घटना, २,००४ जनाको मृत्यु
आर्थिक वर्ष ०७२/०७३ मा १०,०१३ दुर्घटना, २,००६ जनाको मृत्यु
आर्थिक वर्ष ०७३/०७४ मा १०,१७८ दुर्घटना, २,३८४ जनाको मृत्यु

– नयाँ पत्रिका दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);