केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रुपमा नेपाली युवती | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

काठमाडौं, १५ मंसिर । अफ्रिकी मुलुक केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रुपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ । प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरुले कात्तिक २३ मा न्युरोडबाट ललितसिंह सुवाललाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो।

प्रहरी स्रोतका अनुसार युवतीको खोजीमा कात्तिक दोस्रो साता कविता नाम गरेकी भारतीय मूलकी केन्याली महिला काठमाडौं आएकी थिइन् । केन्याका डान्सबारमा युवती पठाउने एजेन्टका रुपमा सक्रिय सुवालले दुई युवती खोजिदिएका थिए । तर आफूले भनेजस्तो उचाई, वर्ण र ढाँचा नमिलेको भन्दै कविताले ती दुई युवती लैजान अस्वीकार गरिन्।

प्रहरी स्रोतका अनुसार सुवालले यसअघि नै दुई युवतीलाई केन्याका डान्सबारमा काम गर्ने गरी पठाइसकेका छन् । सुवालले नेपाली युवतीको फोटो सुट ह्वाट्सएपमार्फत केन्याली एजेन्टकहाँ पठाउने गर्थे । प्रहरीका अनुसार नाच्ने काम भनिए पनि धनी ग्राहकको यौन अपेक्षा पुरा गर्ने काम पनि ती युवतीको हुन्थ्यो। – कान्तिपुर दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);