मिलेसम्म रिलेसन, नभए साइबर अपराध | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

मिलेसम्म रिलेसन, नभए साइबर अपराध

cyber aparadh

काठमाडौं, २१ भदौ । महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् ।

उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौं’, उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ ।’ ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रूप लिएपछि किशोरी डिप्रेसनमा गएकी छन् । परिवारले उनलाई मनोपरामर्श दिएर राखेको छ ।

कीर्तिपुरमा डेरा बस्ने एक किशोरी र ठमेलको डान्सबारमा काम गर्ने युवकबीच फेसबुकमा चिनजान भयो । किशोरीको इच्छा डान्सर बन्ने थियो । युवकले आफ्नै डान्सबारमा काम गर्न सुझाए । राति मात्रै डान्सबारमा काम गर्नुपर्ने हुँदा किशोरीलाई घर पुर्‍याउनुपर्ने समस्या आयो । झन्डै तीन महिना रिलेसनसिपमा बसेपछि खटपट सुरु भयो । कारण थियो– फेसबुकमा केटी साथीसँग युवकको च्याटिङ ।

साइबरसँग सम्बन्धित उजुरी लिएर पीडित प्रहरीमा दैनिक आउँछन् । घटनाको गाम्भीर्य हेरी प्रहरीले सम्झाइबुझाइ गरी पनि पठाउँछ । युवतीको अस्मितासँग गासिएका घटनामा भने मुद्दा चलाइँदै आएको महाशाखाले जनाएको छ । गत आर्थिक वर्ष प्रहरीमा साइबरसम्बन्धी २ हजार २९ उजुरी आएका थिए । सबैभन्दा बढी फेसबुकसँग सम्बन्धित थिए ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);