उदयपुर । उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत
ताजा समाचार
मानवताले जलवायुमा नरकको ढोका खोलेको छः गुटेरेस
९ घन्टा अघि
आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न एमालेको माग
१० घन्टा अघि
आरती साहका दोषीलाई सरकारले छोड्दैनः सहसचिव भट्टराई
११ घन्टा अघि