गृहमन्त्रीकै क्षेत्रमा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०७९, आइतबार

गृहमन्त्रीकै क्षेत्रमा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण

kutpit

बुटवल । रुपन्देहीको तिलोत्तमामा एमाले कार्यकर्तामाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । आक्रमणमा परी तिलोत्तमा नगरपालिका-१६ बिहुलीका सन्जीत भण्डारी घाइते भएका हुन् । आक्रमणबाट भण्डारीको कान, छाती र टाउकोको पछाडि गहिरो चोट लागेको छ । सोमबार राति साढे ११ बजेतिर पाँच-छ  जनाको संख्यामा आएका कांग्रेस कार्यकर्ता सिधै उनको घरमा प्रवेश गरी भण्डारीमाथि आक्रमण गरेका हुन् । घाइतेको अहिले क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको छ ।

इलाका प्रहरी कार्यालय रुपन्देहीले घटना भएको जानकारी दिँदै यस विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी हवल्दार सुरविर बिसीले कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्ता पिटिएको जानकारीमा आएकाे बताए । अहिलेसम्म प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।  तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो ।

Leave a Reply