प्रधानमन्त्री देउवाद्वारा डा.जागेश्वर गौतमको सरुवा गर्ने निर्णय स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा डा.जागेश्वर गौतमको सरुवा गर्ने निर्णय स्थगित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतम सरुवा रोकेका छन् ।

प्रधानमन्त्री देउवाले डा. जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका हुन् ।

राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरी उनको स्थानमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई सरुवा गरेका थिए । त्यसैगरी स्वास्थ्य समन्वय महाशाखामा डा.विवेकलाल कर्ण र सार्क श्रयरोग केन्द्रमा डा.रिता भण्डारीलाई सरुवा गरेका थिए ।

तर प्रधानमन्त्री देउवाले राज्यमन्त्री श्रेष्ठको यस निर्णयलाई स्थगित गरेका छन् । राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै प्रधानमन्त्री देउवाले कार्यान्वयनमा रोक लगाएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);