कर्मचारीको तलब बढेन, पोशाक र महंगी भत्ता बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

कर्मचारीको तलब बढेन, पोशाक र महंगी भत्ता बढ्यो

money

काठमाडौँ, १५ जेठ । यस वर्षको वजेट भाषण मार्फत कर्मचारीको तलब बढेन । तर कर्मचारीलाई पोशाक र महंगी भत्ता भने बढाइएको छ । कर्मचारी र शिक्षकको पोशाक भत्ता बढेर १० हजार पुगेको छ । यसैगरी कर्मचारीको महंगी भत्ता २ हजार बढेको छ ।

यसैगरी अर्थमन्त्री डा. युवराज खतिवडाले वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने जनाएका छन् । आर्थिक वर्ष २०७५/०७६को वार्षिक वजेट संघीय संसदमा प्रस्तुत गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

कैदीको सिदा खर्च ४५ बाट ६० पुराइएको छ । कैदीका छोराछोरीले दूधवापत पाउने १० रुपैयाँ बढाएर ३५ रुपैयाँ पुर्‍याइएको छ । कर्मचारीको महंगी भत्ता २ हजार बढेको छ । कर्मचारी र शिक्षकको पोशाक भत्ता बढेर १० हजार पुगेको छ । तर कर्मचारीको तलब भने बढेन ।

१०० वटा पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटनको प्रवर्द्धन गरिने छ । हिमाल आरोही र पर्यटकको आकस्मिक उद्दारलाई प्रभावकारी बनाइने छ । ३ वर्ष भित्रमा रानीपोखरी र धरहरा निर्माण गरिसक्ने अर्थमन्त्रीले जनाएका छन् ।

०७५ /८५ मा उर्जा दशक मनाइने छ । बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण गरी आयोजना निर्माण अघि बढाइने छ । तराईमा खरको छाना भएकालाई जस्तापाता दिइने छ । प्रत्येक प्रदेशमा एउटा ब्यापारिक नाका बनाइने छ ।

यसैगरी स्वास्थ्य विमा मुलुकभरी विस्तार गरिने छ । आयुर्वेदिक विश्वविद्यालयका लागि १० करोड विनियोजन गरेको छ । सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर पारेको छ । २ वर्षभित्रमा साक्षर नेपाल घोषणा गरिने छ ।

शिक्षक दरबन्दी पुनर्संरचना गरिने छ । सबै स्थानीय तहमा प्राविधिक विद्यालय पुर्‍याइने छ । सबै प्रदेशमा श्रम स्वीकृति दिने कार्यालय खडा गरिने छ । भिजिट नेपाल २०२० सञ्चालन गरिने छ । प्रत्येक स्थानीय तहमा सहकारीमार्फत सुपथ मूल्य पसल खोलिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);