२४ घण्टामा २ हजार ३५१ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

२४ घण्टामा २ हजार ३५१ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ५१ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएका ८ हजार ८ सय ४४ पीसीआर परीक्षणमध्ये २ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम जानकारी दिएका छन् ।

उपत्यकामा मात्रै १ हजार ५१ जनामा संक्रमण पुष्टि

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं उपत्यकामा १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ७ सय ८६ जना, ललितपुरमा १ सय ८१ जना र भक्तपुरमा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हरेक चार दिनमा संक्रमितको संख्या दोब्बर भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी नेपालमा भएका स्वास्थ्य उपकरणहरुले धान्न नसक्ने गरी संक्रमित संख्या बढ्ने संकेत देखिएकाले आवश्यक सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);