नेपालमा ७ सय ७६ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपालमा ७ सय ७६ जनामा कोरोना संक्रमण

काठमाडौं, २ पुष । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ७६ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ ।

उपत्यकामा ३ सय ६३ जनामा संक्रमण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ६३ जना संक्रमित फेला परेका छन् । जसमा १ सय ५२ महिला र २ सय ११ पुरुष छन् । योसंगै काठमाडौ उपत्यकामा कुल संक्रमितको संख्या १ लाख १८ हजार ४ सय ३५ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);