वाणगंगा नगरपालिकामा खरको छानाे मुक्त अभियान सञ्चालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वाणगंगा नगरपालिकामा खरको छानाे मुक्त अभियान सञ्चालन

कोपिला पोख्रेल
कपिलवस्तु, १० मंसिर । कपिलवस्तु वाणगंगा नगरपालिका–५ का स्थानीयहरु चुहिने खरको छाना बदलिने भएपछि खुशी भएका छन् । वाणगंगा नगरपालिकाले खरको छाना मुक्त अभियान सञ्चालन गरी स्थानीयहरुको खरको छाना परिवर्तन गरी जस्ताको छाना हाल्ने भएपछि स्थानीयहरु खुशी भएका हुन् ।

पुस्तौँ देखि खरको चुहिने छानामुनि बस्दै आएका कपिलवस्तु वाणगंगाका स्थानीयहरुको छाना फेरिन थालेको छ । कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छाना राख्न नसकेका वाणगगां नगरपालिका–५ का स्थानीयहरुको घरमा अव जस्ताको छाना राख्न थालिएको छ ।

वाणगंगा नगरपालिका–५ ले खरको छाना मुक्त कार्यक्रम अन्तर्गत जस्ताको छाना राख्ने अभियान थालेको हो । आफ्नो घरको खरको चुहिने छानोमा बालबच्चा सहित जीवन विताई रहेकी बसन्ती यादव जस्ताकोे छाना पाउने भएपछि निकै खुशी हुनुहुन्छ ।

खरको छानामा बस्दा धेरै समस्याहरु हुने तर अहिले खरमुक्त कार्यक्रम लागु गर्दा स्थानीयहरु उत्साहित भएका छन् । कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. ५ ले आईतवारबाट खरको छाना मुक्त कार्यक्रम सुरु गरेको हो । सांसद विष्णु पन्थीले खरको छानोमा टिन लगाएर यो कार्यकमको सुरुवात गर्नु भएको थियो ।

यस वडामा कुल ५ सय ३० घर परिवार मध्ये ४० घर परिवार विपन्न छन् । उनीहरुको घर फुसको छानोबाट बनेको छ । वाणगंगा नगरपालीका वडा नं ५ मा जनता आवास कार्यक्रम अन्तर्गत दलितका १० वटा घर यसै बर्ष बन्ने भएका छन् ।

बिपन्न घरपरिवारका लागी जस्तापाता मात्र होईन, घर बनाउन आवश्यक सम्पुर्ण सामान प्रदान गरेको खरको छाना उपभोक्ता समितिका अध्यक्ष भरत कार्कीले बताउनु भयो ।

यस अभियानले गरिब तथा बिपन्न जनतालाई थोरै भएपनि राहत मिलेको छ । नागरिकको मौलिक हक अन्तरगत पर्ने सुरक्षित बसोबासको अधिकारको कार्यकोे शुरूवातले सकरात्मक सन्देश दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);