पाल्पामा आधुनिकतासँगै घुमाउरा आकर्षक घर लोप हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पाल्पामा आधुनिकतासँगै घुमाउरा आकर्षक घर लोप हुँदै

प्रकाश नेपाल
पाल्पा, २१ साउन । पाल्पामा आधुनिकतासँगै घुमाउने कुँडुले घरहरु लोप हुँदै गएका छन् । गर्मी मौसममा चिसो र चिसो मौसममा तातो हुने घुमाउने घरहरु आजभोलि देख्न समेत मुस्किल हुन थालेको छ ।

खरको छाना, एउटा ढोका, एकतले घुमाउरा आकर्षक घरहरू पर्यटकहरूको रोजाइमा पर्ने गर्छ । तर पाल्पाको निस्दी, रामपुर, पूर्वखोला, बेगनासकाली र माथागढी गाउँपालिकामा भेटिने घुमाउने कुँडुले घरहरु आजभोलि लोप हुने अवस्थामा पुगेका छन् ।

कुँडुले घर बनाउँदा खरको छाना हाल्न झन्झटिलो र खर्चिलो हुने हुँदा आधुनिक घरतर्फ आकर्षित भएका हुन् । मगर संस्कृतिको अध्ययन अनुसन्धान गर्न समेत पुरानो कुँडुले घर जोगाएर आधुनिक घर बनाउन युवा पुस्ता लागि परेका छन्।

कुँडुले घर लोप हुन थालेपछि गाउँपालिकाले संरक्षणका लागि कार्यक्रम संचालन गर्ने भएको छ । कुँडुले घरको संरक्षण गरेर प्रचार प्रसार गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सरोकारवालाको विश्वास छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);