बालकको अपहरण र हत्या आफन्तकै योजनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बालकको अपहरण र हत्या आफन्तकै योजनामा

बारा, २१ साउन । बाराको जीतपुरका ललनप्रसाद कलवारका ९ वर्षिय छोरा अंकित गुप्ताको अपहरण र हत्या आफन्तकै योजनामा भएको खुलासा भएको छ ।

अंकितको अपहरण र हत्याको योजनाकार भिनाजु पर्ने प्रदिपकुमार कलवारल रहेको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले बताए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १३ रानीघाटका योजनाकार कलवार सहित चार जना रहेका छन् ।

पर्सा पोखरिया नगरपालिका ७ का रामप्रवेश साह, पर्सा गोविन्दपुर पार्वती देवी र भारत जोगापट्टीका सुरज गिरीलाई प्रहरीले पक्राउ गरेको हो । फिरौती रकम लिएर अंकीतको गत साउन १ गते हत्या भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);