१४ वर्षीय बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८३, आइतबार

१४ वर्षीय बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका–२५ सिर्सिया खल्वाटोला ठेगाना भएका १४ वर्षीय निरज कुमार पासवानको अपहरण गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका १७ अलौ ठेगाना भएका २४ वर्षीय कृष्णा भन्ने श्याम प्रसाद यादव र धोबिनी गाउँपालिका १ घोडादौडपिप्रा ठेगाना भएका ३० वर्षीय दिलिप कुमार पटेल रहेका छन् ।

मंसिर ८ गते दिउँसो वीरगंज महानगरपालिका २५ सिर्सिया खल्वा टोलबाट अपहरित पासवानको शव वीरगंज महानगरपालिका २५ सिर्सिया खल्वाटोलस्थित गुरूकुल पन्ना मेमोरियल ई.बोर्डिङ स्कुलको पुरानो भवन अगाडि सेफ्टी टंकी भित्र पुस १० गते बेलुका फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई वीरगंज महानगरपालिका १७ बाट प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा फिरौती रकम असुली गर्न तथा अपहरित पासवानको हात खुट्टा र मुखमा पटी बाँधी राखेकोमा पासवानले डोरी फुकाई भाग्न खोजेकोले अपहरणकारीहरूको पहिचान खुल्न सक्ने डरले उनीहरूले हत्या गरेको खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत पर्साबाट अपहरण वा शरीर बन्धक बनाई कर्तव्य ज्यान (ज्यान सम्बन्धि कसूर)मा म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार