उच्च अदालतबाट सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उच्च अदालतबाट सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–९ रानीघाट बस्ने ३५ वर्षीय अनिल कुमार ब्याहुत र झापा घर भई भक्तपुर चाँगुनारायण बस्ने ५० वर्षीय पुष्पराज पनेरूलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७९ असार ६ गते र २०७९ भदौ ६ गतेको फैसलाले अनिललाई ९ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना र २०७९ असार २८ गतेको फैसलाले पुष्पराजलाई ३ दिन कैद र ६ लाख ७० हजार रुपैया जरिवाना ठहर भएको थियो । फैसलापछि फरार रहेका अनिल कुमारलाई पर्सा, वीरगंज मुरलीचोकबाट र पुष्पराजलाई भक्तपुर चाँगुनारायणबाट केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनका लागि अनिल कुमारलाई जिल्ला अदालत चितवन र पुष्पराजलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);