चन्द्रपुर नगरपालिकासँंग स्पष्टिकरण माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चन्द्रपुर नगरपालिकासँंग स्पष्टिकरण माग

राकेश यादव

रौतहट, २१ साउन । रौतहटको चन्द्रपुर नगरपालिकाले आफुसँग भएको डोजर थन्काएर भाडाको डोजर प्रयोग गर्दा आर्थिक अनियमितता भएको भन्दै स्थानीयले अख्तियारमा उजुरी दिएका छन् । उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।

चन्द्रपुर नगरपालिकाले डेढ वर्षअघि करिब ४० लाख रुपैयाँमा खरीद गरेको ना १ क ४६३५ नम्बरको डोजर मेसिन बिग्रिएको भन्दै नगरपालिकामा थन्क्याएर राखेको छ ।

आफ्नो स्वामित्वमा रहेको डोजर बिग्रीएपछि नगरपालिकाले अर्को डोजर भाडामा लिएर प्रयोग गर्दै आइरहेको छ । लाखौं रुपैयाँ खर्चेर खरिद गरेको डोजर दुई बर्षमै बिग्रदा पनि मर्मतसम्भार गर्ने तर्फ ध्यान नदिई भाडामा लिएर सञ्चालन गर्ने गरेको र डोजरको आम्दानी तथा खर्च पारदर्शी नभएको भन्दै, चन्द्रपुर नगरपालिका वडा नंं. ५ का स्थानीय रोशन काफ्लेले अख्तियारमा छानविन गर्न निवेदन दिएका थिए ।

उता रकम हिनामिना भएको बिषयमा नगरपालिकाका प्रशासकीय अधिकृत सुरेश दाहालले वडा कार्यालय तथा नगरपालिकाकै काममा बढी प्रयोग भएको र आम्दानी रकम बैङ्कमा दाखिला भएकोले हिनामिना नभएको दाबी गरे ।

हाल सम्मको रेकर्डमा डोजर करिब पच्चिस सय घण्टा सञ्चालन भएको तर आम्दानी भने कम देखाइएकोले आम्दानी र खर्चको विवरण नमिलेकोले हेटाैँडा स्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले चन्द्रपुर नगरपालिकासँंग स्पष्टिकरण माग गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);