निर्वाचनमा बालबालिकाको दुरुपयोग गर्दै आचारसंहिता उल्लंघन | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सिरहा, २२ भदौ । सिरहामा राजनीतिक दलहरुले आचारसंहिताको व्यापक उल्लंघन गरेका छन् ।

राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरित निर्वाचन प्रचार–प्रसारमा स्कुले बालाबालिकाको प्रयोग गरेका हुन् । यसअघि बुधबार पनि उम्मेदवारी दर्ता गराउन पुगेका दलहरुले सिरहामा बालबालिका सहितको जुलुस निकालेका थिए । त्यसयता पनि दलहरुले प्रचारका क्रममा बालबालिकाको प्रयोग गरिरहेका छन् । जुलुसमा सहभागी गराइएका बालबालिकालाई पार्टीको झण्डा बोकाएर दल र उम्मेदवारको समर्थनमा नाराबाजी गर्न लगाइएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम लगायतका जुलुसमा बालबालीका वढी प्रयोग भएका छन् । यसरी प्रमुख दलहरुले नै आचारसंहिताको खिल्ली उडाउँदा पनि नियमनकारी निकाय भने यसबारे अनविज्ञ देखिएको छ ।

निर्वाचन आचारसंहितामा बालबालिकालाई निर्वाचन प्रचारका लागि हुने जुलुस र सभाहरुमा प्रयोग गर्न सख्त मनाही गरिएको छ । आचारसंहिता उल्लंघन गरेको अवस्थामा उम्मेदवारीसम्म खारेज हुने व्यवस्था छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);