आफ्नो मत खरिदबिक्रीमा नलाग्नुहोस् : प्रमुख आयुक्त यादव | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आफ्नो मत खरिदबिक्रीमा नलाग्नुहोस् : प्रमुख आयुक्त यादव

ayodi prasad yadav

काठमाण्डौँ, २१ कार्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गरेका छन् ।

निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा बोल्दै डा यादवले यस्तो आह्वान गरेका हुन् ।

राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गर्दै मतदाता शिक्षा र मतदान गर्ने काम मतको सुरक्षा र सुनिश्चितताका भएकोले जनताको मतविना प्रजातन्त्र सुदृढ हुन बताए ।

डा यादवले जनशक्ति खटनपटनमा ट्रेड युनियनको प्रभावमा नपरी काम गर्न प्रजिअ र जिल्ला निर्वाचन अधिकृतलाई आग्रह गरे । “प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र निर्वाचन अधिकृतलगायतलाई दबाब आउनु सक्छ कि त्यहाँ फलानालाई मिलाइदिनुस् भनेर, त्यो चुनौतीको विषय हो ।”

डा यादवले राजनीतिक दल र जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिलाई नगरमा सरसफाइको काममा ध्यान दिन पनि आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);