काठमाडौं, ३१ भदौ । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असोज महिनाको लागि बैंकहरुले ब्याजदर सार्वजनिक गरेका हुन् । केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको ब्याजदर घटेको छ । केही बैंकले भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै बैंकहरुले साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् । दुई महिनाको अवधिमा अधिकांश बैंकहरुको ब्याजदर वृद्धि भएको छ १९ वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ८ वाणिज्य बैंकको अघिल्लो महिनाको तुलनामा ब्याजदर घटेको छ भने ७ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा वृद्धि भएको छ । ४ वटा बैंकले सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले ब्याजदर बढाएको छ ।
हिमालयन बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १.०६ प्रतिशतले बढेर ११.०५ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकले बढाएको छ । दिने भएको छ । यस बैंकले ११.३६ प्रतिशत ब्याजदर कायम गरेको हो ।