यी वाणिज्य बैंकहरूले घटाए निक्षेपको ब्याजदर | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

यी वाणिज्य बैंकहरूले घटाए निक्षेपको ब्याजदर

काठमाडौं,२९ माघ । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर सुन्य दशमलव ४१ प्रतिशत विन्दुले घटेको हो ।

४ वाणिज्य बैंकहरु एभरेष्ट, लक्ष्मी सनराइज,माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि अरु १६ बैंकले घटाउँदा औसत निक्षेप ब्याजदर तल झरेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् । माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म रहेकोमा अहिले ८ दशमलव ५० प्रतिशतमा झरेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा अब कुनै पनि बैंकले ८ दशमलव ५० प्रतिशतभन्दा धेरै ब्याज दिने छैनन् । बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेसँगै विविधता देखिएको छ ।

बैंकहरुले आवश्यकता अनुसार ब्याजदर प्रकाशित गरेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर छ । व्यक्तिगत मुद्दतीमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत विन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ । यसअनुरुप अब संस्थाहरुलाई बैंकले ६ दशमलव ५० प्रतिशतभन्दा धेरै ब्याजदर दिने छैनन् ।

राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदरमा उतारचढाव कम गर्न भन्दै ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।

Leave a Reply