सैनिक खर्च १० वर्षमा तीन गुणाले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सैनिक खर्च १० वर्षमा तीन गुणाले बढ्यो

money

काठमाडौं, २३ बैशाख । वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा परेका छ ।

द्वन्द्व, हातहतियार तथा निशस्त्रीकरणसम्बन्धी अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था स्टकहोल्स इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपाल दक्षिण एसियाको पाँचौं नम्बरमा परेको हो । उक्त संस्थाले सन् १९८८ देखि सन् २०१७ सम्म विश्वभरका विभिन्न मुलुकको सैन्य खर्चसम्बन्धी वितरणसहितको रिपोर्ट सार्वजनिक गरेको छ ।

रिपोर्टमा सन् २०१७ मा नेपालको सैन्य खर्च ३८६ मिलियन डलर अर्थान् ४० अर्ब ३८ करोड २० लाख रुपैयाँ भएको छ । सन् २०१६ मा नेपालको सैनिक खर्च ३४ अर्ब ५६ करोड ९० लाख रुपैयाँ थियो भने २०१५ मा ३३ अर्ब १५ करोड ९० लाख रहेको उल्लेख छ । रिपोर्टमा नेपालको सैनिक खर्च १० वर्ष अघिको तुलनमा तीन गुणाले बढेको देखाएको छ । सन् २००८ मा नेपालको सैनिक खर्च १३ अर्ब पाँच करोड रहेको उल्लेख छ । आजको नागरिक दैनिकमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);