१० महिनामा एक खर्ब १७ अर्बको इन्धन आयात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

१० महिनामा एक खर्ब १७ अर्बको इन्धन आयात

petrolium padartha

काठमाडौं, २३ बैशाख । चालु आर्थिक वर्षमा इन्धनको आयात विगत छ वर्षयताकै सबैभन्दा बढी रहेको छ । नेपाल आयल निगमको तथ्यांकअनुसार विगत छ वर्षयताकै बढी रहेको पाइएको हो ।

निगमको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामै गत वर्षभरिको भन्दा बढी रुपैयाँको इन्धन आयात भएको छ ।
चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल एक खर्ब १७ अर्ब २३ करोड रुपैयाँको इन्धन आयात भएको तथ्यांकमा उल्लेख छ ।
यो गत आर्थिक वर्षको भन्दा करिब १० अर्ब रुपैयाँले बढी हो। गत आर्थिक वर्षमा कुल एक खर्ब आठ अर्ब रुपैयाँको इन्धन आयत भएको थियो ।

गत आर्थिक वर्षमा कुल २२ लाख २९ हजार ७४० किलो लिटर इन्धन आयत भएको थियो । आव २०७०/ ७१ मा एक अर्ब ६४ करोड रुपैयाँको १४ लाख ४० हजार ९३५ रुपैयाँको इन्धन आयत भएको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);