पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो

petrolium padartha

काठमाडौं, ५ बैशाख । निर्यातको तुलनामा आयात बढेर देशले व्यापार घाटा थेग्नै नसक्ने अवस्था भएका बेला पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढेको छ ।

चालू आर्थिक वर्षको नौ महिना अर्थात् चैत मसान्तसम्म एक खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । आयल निगमको तथ्यांकअनुसार नौ महिनामा एक खर्ब दुई अर्ब रुपैयाँको १८ लाख ९३ हजार किलोलिटर इन्धन आयात भएको हो । चालू आर्थिक वर्षको सुरुदेखि नै इन्धनको खपत बढेको छ ।

आर्थिक वर्ष २०७३/ ७४ को कुल आयातको तुलनामा चालू आवको नौ महिनामा छ अर्ब १७ करोड रुपैयाँ मात्र कम इन्धन आयात भएको छ । निगमका नायब कार्यकारी प्रबन्ध निर्देशक नागेन्द्र साहले खपत उच्च बिन्दुमा पुगेकाले आयात बढेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा एक खर्ब आठ अर्ब ९५ करोडको २२ लाख २९ हजार सात सय ४० किलोलिटर इन्धन आयात गरिएको थियो ।

पछिल्ला छ वर्षमा सबैभन्दा बढी इन्धन गत आर्थिक वर्षमै आयात र खप भएको देखिन्छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार भारतसँगको कुल व्यापार घाटामा सबैभन्दा ठूलो हिस्सा इन्धनको छ । इन्धन आयातदर प्रतिस्थापन गर्न सकिए व्यापार घाटा पनि न्यून हुने विज्ञको भनाइ छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);