२ खर्बको पेट्रोलियम पदार्थसहित खनिज इन्धन आयात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

२ खर्बको पेट्रोलियम पदार्थसहित खनिज इन्धन आयात

काठमाडाैं, १२ साउन । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा २ खर्बको पेट्रोलियम पदार्थसहित खनिज इन्धन आयात भएको छ । खनिज तेल, त्यसका विभिन्न प्रकारका उत्पादन, अलकत्रा जस्ता खनिज पदार्थ र इन्धन आयातमा मात्र एक वर्षको अवधिमा १ खर्ब ९४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको हो।

भन्सारको तथ्यांकअनुसार नेपालको एक वर्षको निर्यातले पेट्रोलियम पदार्थजन्य खनिज इन्धन आयातमा बाहिरिने रकमको आधा पैसा पनि धान्न सकेको छैन । कुल आयातको निर्यात अवस्था मुस्किलले १० प्रतिशत हाराहारी मात्र छ । यसले व्यापार घाटा चुलिने गरेको छ ।आर्थिक वर्ष २०७६ /७७ मा गरेको कुल वस्तु निर्यातको मूल्य ९६ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ मात्रै रहेको छ ।

नेपालमा एक वर्षको अवधिमा आइरन र स्टीलको आयात समेत १ खर्बभन्दा माथिको रहेको छ । यस्तो पदार्थ नेपालबाट १ अर्ब ७५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।फलाम र स्टिलका सामानको आयात १९ अर्ब १४ करोड रुपैयाँ बराबरको भएको छ । यस्तो वस्तुको निर्यात १ अर्ब १५ करोड रुपैयाँ बराबरको भएको छ । सवारी साधनको आयातमा मात्र ६५ अर्ब रुपैयाँ विदेशिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);