कांग्रेसका प्रवक्ता शर्मा दुई साताका लागि पार्टीको जिम्मेवारीबाट अलग | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कांग्रेसका प्रवक्ता शर्मा दुई साताका लागि पार्टीको जिम्मेवारीबाट अलग

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताका लागि पार्टीको जिम्मेवारीबाट अलग हुने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल मार्फत प्रवक्ता शर्माले अस्वस्ताका कारण प्रवक्ताको सक्रिय जिम्मेवारीबाट टाढा हुनुपरेकोमा क्षमा मागेका छन् ।

विश्वप्रकाशले लेखेका छन् – ‘अस्वस्थताका कारण दुई साताका लागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु । प्रेस, पार्टी र शुभचिन्तकहरुसँंग क्षमा चाहन्छु ।’

कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसेका प्रवक्ता शर्माले स्वस्थ भएर छिट्टै नै मैदानमा फर्किने जानकारी गराएका छन् । उनले भने –‘चाँडैनै पुर्ण स्वस्थ भएर पुर्ण जांगर साथ मैदानमा फर्किनेछु । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु ।’

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);