प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दै जाने र राष्ट्रपतिले सदर गर्दै गएमा लोकतन्त्र रहन्न : यादव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दै जाने र राष्ट्रपतिले सदर गर्दै गएमा लोकतन्त्र रहन्न : यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले लोकतन्त्र, गणतन्त्र र संविधानमाथि प्रहार गर्दै जाने र राष्ट्रपतिले सदर गर्दै गएमा लोकतन्त्र नरहने बताएका छन् ।

बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्र्तक्रियामा बोल्दै यादवले लोकतन्त्र नरहे शान्ति, समृद्धि र स्थिरता अगाडी नबढ्ने पनि बताए ।

अध्यक्ष यादवले राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति नगरेका कारण उनको भुमिका शंकास्पद र प्रश्नबाचक रहेको पनि बताए । उनले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको पक्षमा, न्यायको पक्षमा फैसला गर्ने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष यादवले भने – ‘विघटन लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाचारी लाद्नका लागि गरेका हुन् । प्रधानमन्त्रीका लागि किन आव्हान गरियो र आव्हान मुताविक दावा पेश गर्दा किन प्रधानमन्त्री नियुक्त गरिएन ? राष्ट्रपतिको भुमिका पनि प्रश्नबाचक र शंकास्पद छ । कि त भन्नुप¥यो ओली बाहेक अरुलाई प्रधानमन्त्री देख्नै सक्तिनँ म भनेर । नत्रभने प्रधानमन्त्रीको रुपमा नियुक्त नगर्नुपर्ने कारण नै छैन । मुलुकमा लोकतन्त्र, गणतन्त्र र संविधान माथि नै प्रहार भएको छ । कार्यकारी प्रमुखबाट प्रहार हुने र राष्ट्रपतिले सदर गर्दै जाने हो भने लोकतन्त्र रहन्न । लोकतन्त्र नरहे शान्ति, समृद्धि र स्थिरता अगाडी बढ्न सक्दैन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);