आज देशभरको मौसम कहाँ कस्तो रहन्छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

आज देशभरको मौसम कहाँ कस्तो रहन्छ ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी/पूर्वी वायुको मिश्रित प्रभाव रहेको छ ।

अहिले देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन , चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो  देशभर आंशिक  देखि सामान्य बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन,चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति  देशभर आंशिक  देखि सामान्य बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);