स्वास्थ्य मन्त्रालयको आग्रहः कोभिड १९ को उपचार शुल्क सरकारले तोकेको भन्दा बढि नलिन अपिल | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

स्वास्थ्य मन्त्रालयको आग्रहः कोभिड १९ को उपचार शुल्क सरकारले तोकेको भन्दा बढि नलिन अपिल

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढि नलिन स्वास्थ्य संस्थालाई अपिल गरेको छ ।

मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी रकम लिएको पाइएमा तत्काल उजुरी गर्न अपिल गरेको हो । यदि कुनै सवास्थ्य संस्थाले त्यस्तो गरेको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र पालिकामा उजुरी गर्न पत्रचार गरेको हो ।

मन्त्रालयले सरकारले तोकेको भन्दा बढी शुल्क लिन गरेको जनगुनासो आएकोले उजुरी गर्न आग्रह गरिएको जनाएको छ । सरकारले सङ्क्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई तीन हजार ५०० रुपैयाँ प्रतिदिन, मध्यमबिरामीका लागि सात हजार रुपैयाँ प्रतिदिन र गम्भीर प्रकृतिका बिरामीलाई १५ हजार रुपैयाँ प्रतिदिन निर्धारण गरेको छ।

Leave a Reply

ताजा समाचार