टेकु अस्पतालका डा. पुनलाई स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टिकरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

टेकु अस्पतालका डा. पुनलाई स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टिकरण

काठमाडौं, ७ वैशाख । चीनको वुहान राज्यबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वव्यापी महामारीको रुप लिएको छ। नेपालमा माघ १० मा पहिलो पहिलो संक्रमित भेटियो । नेपालमा कोरोना संक्रमित भेटिएदेखि डा. शेरबहादुर पुन उपचारका साथै जनचेतना अभिवृद्धिमा लाग्दै आएका छन् । काठमाडौंको टेकूस्थित शुक्रराज अस्पतालमा कार्यरत उनै डा. पुनलाई अहिले स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेको छ ।

डा. शेरबहादुर पुन सुक्रराज ट्रपिकल टेकु अस्पतालमा १८ वर्षदेखि सरुवा रोग सम्बधी उपचारमा सक्रिय छन् । आफ्नो सेवा अवधिमा सार्स, मलेरिया, कालाजार, स्वाइनफ्लु र डेंगु जस्ता संक्रमण रोगको बहादुरी पूर्वक सामना गरेर अहिल्य बिच्चलीत भएन । देश जनताको सेवामा सधैँ सक्रिय भूमिकामा रहे डा. पुन ।

सरकारले डा. पुनको योगदा न स्वरुपमा अस्पताल छाडेर मन्त्रालयमा हाजिर हुन भनेको छ । आइतबार डा. पुनले स्पष्टिकरका लागि मन्त्रालयमा पुगेका हुन् । त्यो पनि देश र दुनियाँ कोभिड जस्तो महामारीबिरुद्ध संघर्षको बेलामा । हुनत सरकारले जनताको मन जित्ने गरी स्वास्थ्य क्षेत्रमा काम गर्न सकेको छैन् । यसको प्रत्यक्ष उदाहरण हो स्वास्थ्य सामाग्री खरिद प्रकरण र ओम्नीसँगको सम्झौता । तर अहिले सरकार डा. शेरबहादुर पुनको कारर्वाहीको विषयलाई लिएर आलोचित बनेको छ। नेपाली काँग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन माग गरेका छन् । शर्माले ट्वीटमा आजको तेस्रो विश्वयुद्ध जस्तै भएको र त्यसका कमाण्डर स्वास्थ्यकर्मीहरु भएकाले कमाण्ड गर्नेले लड्ने र बोल्ने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहाकार समेत रहनु भएका कुन्दन आर्यालले ट्वीटमा मन्त्रीज्यु व्यक्तिगत रुपमा त चिन्दिन , तर सरुवा रोगका बारेमा जापानमा पिएचडी सम्मको उच्च अध्ययन र अनुसन्धान गरी नेपाल आएर ६ वर्ष त निः शुल्क सेवा गर्ने टेकू अस्पतालका कर्तव्यनिष्ठ सरुवा रोग विज्ञ डा. पुनलाई विभागले पत्र काटेर दुःख दिनु अचम्मै हो भनेर उल्लेख गरेका छन् ।

साझा पार्टीका प्रवक्ता डा. सुर्यराज आर्चायले सरकारले पनि आलोचनालाई सकारात्मक रुपमा लिन जरुरी तर पछिल्ला केहि घटनाक्रम हेर्दा सरकारको व्यवहार हिन्दीको कहावत आ बैल मुझे मार भन्ने जस्तो छ । यो बेला सरकार प्रतिक्रीयात्मक हुन मिल्दैन भनेर प्रश्न गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडियामा अन्तर्वार्ता दिएको भन्दै डाक्टर पुनलाई स्पष्टिकरण सोधेको छ । संकटका बेला स्वास्थ्यकर्मीको मनोबल गिराउन खोजेको भन्दै सरकारको चौतर्फी आलोचना भईरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);