कोरोना संक्रमणबाट वीरगञ्जमा थप तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

कोरोना संक्रमणबाट वीरगञ्जमा थप तीन जनाको मृत्यु

वीरगञ्ज, ६ भदाै । कोरोना संक्रमणबाट वीरगञ्जमा थप तीन जनाको मृत्यु भएको छ l शुक्रबार राति दुई जनाको र शनिबार बिहान एक जनाको मृत्यु भएको चिकित्सकले जनाएको छ ।

गए राति शुक्रवार वीरगञ्ज महानगरपालिका वडा नं. २६ सुगाैली विर्ता बस्ने ४८ वर्षिय पुरुषको मृत्यु भएको हो । भदाै ४ गते स्वाव संकलन गरि पीसीआर परीक्षण गर्दा ५ गते नतिजा पोजेटिभ आएको थियो । उनलाई खोकी र श्वासप्रश्वासमा समस्या रहेकाे र आइ.सि.यु भेन्टिलेटरमा उपचार गरिएकाे थियो ।

गए राती नै ८ बजे वीरगञ्ज वडा न ४ बिर्ताका ५८ वर्षिय पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको चिकित्सकले जनाएको छ । मधुमेह र किडनीको रोग समेत रहेका मृतक भदौ ५ गते अस्पतालमा भर्ना भएका थिए । यसै गरी आज बिहान ७ बजे बहुदरामाई नगरपालिका बहुअरी का ६१ वर्षिय पुरुषको मृत्यु भएको छ । उनि भदौ ४ गते कोरोना पोजेटिभ भै भर्ना भएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);