सप्तरीमा बाढीले बगाउँदा १३ वर्षीय बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सप्तरीमा बाढीले बगाउँदा १३ वर्षीय बालकको मृत्यु

death child

सप्तरी । सप्तरी बलान बिहुल गाउपालीका ४ मा बुधबार भुतही बलान खोलामा आएको बाढीले बगाउदा १३ बर्षिय बालकको मृत्यु भएको छ।

लगातारको वर्षा को कारण खोलानालामा पानीको सतह बढ्न थाले संगै बाढीले धेरै धन जनको क्षेति गरेको अवस्थामा बुधबार सप्तरी बलान बिहुल गाउपालीका ४ स्थित बेल्ही नजिक रहेको भुतही बलान खोलाको पारी आफ्नै खेतमा काम गरिरहेको बुबा किसुनदेव भण्डारी लाई खाजा पु-याउन जादा उक्त खोलाको बाढीले १३ बर्षीय संतोष भण्डारीलाई बगाई बेपता गरेको हुँदा प्रहरी टोलीले उक्त खोलामा खोजतलास गर्दै जाँदा भारतको मधुबनी जिल्ला मझौराको बलान खोलाको छेउमा संतोष मृत अवस्थामा फेला परेको छ।

बालकको शव पोस्टमार्टम पश्चात आफन्तले बुझी लगेको साथै वर्षायामको समयमा नुहाउन वा खेल्नको लागी स साना बालबालिकाहरुलाई नजिकको पोखरी,नहर कुलो, तलाउ ईत्यादी स्थानहरुमा एक्लै, वा साना बालबालिकाहरुु संग जान नदिन हुन सर्वसाधारण आम नागरिकहरुुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले अनुरोध समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);