पोखरामा अक्सिजनको अभावमा सुत्केरी सहित ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पोखरामा अक्सिजनको अभावमा सुत्केरी सहित ६ जनाको मृत्यु

असिम पौडेल,
पोखरा । कास्की पोखरामा अक्सिजनको अभावमा सुत्केरी सहित ६ जनाको मृत्यु भएको छ । हाइफ्लोमा अक्सिजन दिएर उपचार भइराखेको बेला डाक्टरले अक्सिजन सकिएको खबर गरेपछि तनहुँ भानुकी सुत्केरी महिलाको मृत्यु भएको छ ।

महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आईसोलेसनमा शुक्रबार भर्ना भएर उपचार भै रहेको थियो । एक्कासी अक्सिजन सकिएको खबर खबर पाए पछि परिवारको होस हरायो ।

बिहीबार देखि नै उनलाई अक्सिजन घरि दिने धरि नदिने गरिएको परिवारले बताउँछन् । अक्सिजन सकिएको खबर पाउनासाथ औधोगिक क्षेत्रमा रहेको अक्सिजन उधोगमा पुगेर हामी अक्सिजन किन्छौं हामीलाई अक्सिजन दिनुस भनेर सयौं बिन्ती गर्दा समेत सुत्केरी माइजुलाई बचाउन नसकेको उनको भान्जाले बताए । भान्जा फर्कने समय सम्म सुत्केरी माइजुको निधन भएको परिवारले जानकारी दिए ।

त्यस्तै अक्सिजनको अभावमा अन्य तनहुँका ३ जना, पर्वतका एकजना , म्याग्दीका १ जना र स्याङ्जाको एकजनाको समेत निधन भएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);