चोरीका सामानहरु सहित चोर पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

चोरीका सामानहरु सहित चोर पक्राउ

सप्तरी । असिनसाईर कृष्णसरवण गाउपालीका १ जण्डौल चौक निवासी उर्मिला कुमारी चौधरीको घरबाट भएको चोरी को समान सहित एक जना चोर गत बिहिबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरी असिनसाईर कृष्णसरवण गाउपालीका १ सेनानवती बिष्णुलाल धर्मशालामा भाडामा स परिवार बस्दै आएकोमा बौवालाल सरदारको छोरा १८ वर्षीय ओम प्रकाश सरदार रहेका छन्।

सरदारले २०७८ जेठ ११ गत्ते उर्मिला कुमारी चौधरी आफ्नो पुरानो घर गएको बेला उक्त घर को माथिल्लो तल्लाको कोठा को ताल्चा फोडी कोठा भित्र रहेको दराज समेत फोडेर चोरी गरेका थिए।

प्रहरीले गोप्य सुचनाको आधारमा ओम प्रकाश सरदारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सरदारले चोरीको सामान घरको छतमा कालो पलाष्टिकको झोलामा भुसको बोराले छोपी राखेको अवस्थामा फेला परको थियो ।

बरामद भएको नगद रु ५६ हजार १ सय ६५, भारु ५ सय, ५४ तोला चादीका ५ जोर गहना र १ थान मोबाइल सहित ओम प्रकाश सरदारलाई २०७८ जेठ १३ गते जिल्ला अदालत सप्तरी बाट म्याद थप गरि घटना बारे थप अनुसन्धान भईरहेकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

Test Post Created

५ घन्टा अघि

Test Post Created

५ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

११ घन्टा अघि