कोरोना अपडेट: विश्वभर ४२ लाख ५३ हजार बढी संक्रमित  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोरोना अपडेट: विश्वभर ४२ लाख ५३ हजार बढी संक्रमित 

corona
एजेन्सी, ३० वैशाख । कोरोना भाइरसको महामारिका कारण विश्वभर करिव २ लाख ८७ हजार बढिको मृत्यु भएको छ ।
संक्रमितको संख्या ४२ लाख ५३ हजार नाघेको छ भने उपचार पछि १५ लाख २७ हजार भन्दा बढी निको भएका छन् । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा मात्र कोराना भाइरसका कारण ८१ हजार ७ सय ९५ जनाले ज्यान गुमाएका छन् भने १३ लाख ८५ हजार ८ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । वेलायतमा कोरोना संक्रमणबाट ३२ हजार ६५ जनाको मृत्यु भएको छ भने २ लाख २३ हजार बढि संक्रमित भएका छन् ।
त्यस्तै इटालीमा ३० हजार ७ सय को मृत्यु हुँदा २ लाख १९ हजार बपढमा संक्रमित पुष्टि भएको छ । यसैगरी स्पेनमा २६ हजार ७  सय ४४, फ्रान्समा २६ हजार ६ सय ४३, ब्राजिलमा ११ हजार ६ सय २५ को मृत्यु भएको छ ।  छिमेकी देश भारतमा पनि कोरोना संक्रमितको दर र मृत्यु दर पनि बसढरहेको छ । पछिल्लो तथ्याक अनुसार कोरोना भाइरस संक्रमितको संख्या ७० हजार ७ सय ६८ पुग्दा २ हजार २ सय ९४ जनाको मृत्यु भइसकेको छ ।
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);