कोरोना अपडेट: दुई लाख ९८ हजार बढिको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कोरोना अपडेट: दुई लाख ९८ हजार बढिको मृत्यु

corona

एजेन्सी, १ जेष्ठ । कोरोना भाइरसको महामारिका कारण विश्वभर करिव दुई लाख ९८ हजार बढिको मृत्यु भएको छ ।

संक्रमितको संख्या ४४ लाख २७ हजार नाघेको छ भने उपचार पछि १६ लाख ५७ हजार भन्दा बढी निको भएका छन् । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा मात्र कोराना भाइरसका कारण ८५ हजार १ सय ९७ जनाले ज्यान गुमाएका छन् भने १४ लाख ३० हजार भन्दाबढीमा कोरोना पुष्टि भएको छ । वेलायतमा कोरोना संक्रमणबाट ३३ हजार १ सय ८६ जनाको मृत्यु भएको छ भने २ लाख ४२ हजार बढि संक्रमित भएका छन् ।

त्यस्तै इटालीमा ३१ हजार १ सयको मृत्यु हुँदा २ लाख २२ हजार बढीमा संक्रमित पुष्टि भएको छ । यसैगरी स्पेनमा २७ हजार १ सय ४, फ्रान्समा २७ हजार ७४, ब्राजिलमा १३ हजार १ सय ५८ को मृत्यु भएको छ । छिमेकी देश भारतमा पनि कोरोना संक्रमितको दर र मृत्यु दर पनि बसढरहेको छ । पछिल्लो तथ्याक अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७८ हजार भन्दा बढी पुग्दा २ हजार ५ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);