चिनियाँ ह्याकरले अमेरिकी अनुसन्धान चोर्न खोजेको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चिनियाँ ह्याकरले अमेरिकी अनुसन्धान चोर्न खोजेको आरोप

Virus Outbreak Connecticut

एजेन्सी, १ जेठ । चीनको सहयोग रहेका ह्याकरहरूले कोभिड-१९ महामारीबारे अनुसन्धान गरिरहेका अमेरिकी संस्थाहरूलाई निसाना बनाएको त्यहाँका अधिकारीहरूले जनाएका छन् । सङ्घीय जाँच ब्यूरो एफबीआईका अनुसार कोरोनाभाइरस सङ्क्रमणबारे खोप, उपचार र परीक्षणजस्ता विषयमा काम गरिरहेका अमेरिकी समूहहरूबाट विवरण ह्याक गर्ने प्रयास भइरहेको छ।

दुवै देशले एकअर्काप्रति उक्त प्रकोप नियन्त्रण गर्ने कार्यमा असफल भएको भन्दै आरोप लगाइरहेका छन् । एफबीआई र साइबर सुरक्षासम्बन्धी निकायले बुधवार संयुक्त रूपमा सम्भावित डिजिटल ह्याकबारे चेतावनी जारी गरेका हुन् । स्वास्थ्य सेवा, औषधि उत्पादन गर्ने कम्पनी र कोभिड(१९ का विषयमा अनुसन्धान गरिरहेका कम्पनीहरू ह्याकरहरूको मुख्य निसानामा रहेको उल्लेख गरिएको छ।

यसै हप्ताको आरम्भमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले कोभिड-१९को उपचार र खोप बारे अनुसन्धानका विषयमा आफूहरूले नेतृत्व गरिरहेको बताउँदै बिनाप्रमाण चीनलाई आरोप लगाउनु अनैतिक रहेको बताएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);