कोरोनाको त्रासमा जापानका सबै विद्यालय बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

कोरोनाको त्रासमा जापानका सबै विद्यालय बन्द

japan shut school

एजेन्सी, १७ फागुन । कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले मार्चको अन्त्यसम्म सबै विद्यालय बन्द गर्न आग्रह गरेका हुन् ।

प्राथमिक, माध्यमिक र उच्च माध्यमिक विद्यालयहरु बन्द हुँदा त्यसबाट झन्डै एक करोड ३० लाख बालबालिका घरमै बस्नुपर्नेछ । साथै बीटीएस कन्सर्टसमेतका सबै मनोरञ्जनात्मक कार्यक्रमहरु बन्द गरिएको छ भने मानिसहरु जमघट हुने ठूला कार्यक्रमहरुमा रोक लगाइएको छ ।

जापानमा आयोजना हुनेगरी पूर्वतयारी गरिएका खेलकुद र सांगीतिक कार्यक्रमहरु रद्द भइसकेका छन् । टोकियो डिज्नेल्यान्ड र टोकियो डिज्नेसी दुवै मार्चको मध्यसम्मका लागि बन्द गरिएको छ ।

गत डिसेम्बरबाट चीनको वुहान हुँदै फैलिएको ‘कोभिड–१९’ नामको नयाँ कोरोना भाइरस एसियाली मुलुकहरुका अलावा युरोप र अफ्रिकासम्म पुगेको छ । साउदी अरेबियाले मुस्लिम समुदायको पवित्र धार्मिक तीर्थस्थल मक्काको भ्रमणमा विदेशी नागरिकमाथि कडाइ गरेको छ र मध्यपूर्वमा १०० भन्दा बढी व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।

इटालीमा कोरोनाको संक्रमण बढेसँगै कतिपय गाउँ–सहरमा निर्वाध आवागमनमा प्रतिबन्ध लगाइएको छ । अफ्रिकी मुलुक नाइजेरियामा समेत शुक्रबार एक व्यक्तिमा कोरोनाको लक्षण देखिएको छ ।

कोरोनाबाट संक्रमित भएका व्यक्तिहरुको संख्या करिब ८३ हजार पुगिसकेको छ र यसबाट चीन सबैभन्दा बढी प्रताडित छ । इरानमा २६ जनाको मृत्यु भएको छ भने २५० जनाभन्दा बढीमा कोरोना देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);