पत्रकार मनोहर ढकालको हत्याका आरोपी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

पत्रकार मनोहर ढकालको हत्याका आरोपी पक्राउ

manohar dhakal-hatya aropi

मकवानपुर, ५ माघ । मकवानपुर प्रहरीले पत्रकार मनोहर ढकालको हत्याका आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरू सार्वजनिक गरेको हो ।

पुस २५ गते साँझ हेटौंडा १ भैरव डाँडामा ढकालको हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपीहरु हेटौंडा–११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाँउपालिका वडा नम्बर १ का १८ बर्षीय प्रविण वाईवा रहेका छन् ।

पत्रकार सम्मेलनमा घटनाका मुख्य अभियुक्त पुडासैनीले आफुले धकेलेर हत्या गरेको स्विकारेका छन् । हत्यामा संग्लन अभियुक्तहरुलाई अदालतबाट जन्मकैद सम्मको फैसला हून सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्राईले जानकारी दिनुभएको छ ।

प्रहरीले तालिम प्राप्त कुकुरको तथा सिसीटिभी फुटेजहरुको सहयोगमा हत्याका अभियुक्त पक्राउ गरेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);