कांग्रेसभित्र देखिएको आन्तरिक विवाद अन्त्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कांग्रेसभित्र देखिएको आन्तरिक विवाद अन्त्य

नेपाली काँग्रेस संसदीय दल

काठमाडौं, ११ माघ ।  कांग्रेसभित्र देखिएको आन्तरिक विवाद अन्त्य, घोषित मितिमै महाधिवेशन हुने, केन्द्रीय कार्यसमिति बैठक १३ गते सोमबारलाई डाकिएकाे छ ।

शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकमा कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने सहमति जुटेको हो । शीर्ष नेताबीचको सहमतिमा १४औं महाधिवेशन गएको पुस ११ गते बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार ०७७ फागुन ०७ देखि १० गतेसम्म हुने भएको छ ।

महाधिवेशन तोकिएकै मितिमा हुने सहमति भएपनि तल्ला तहका अधिवेशनको कार्यतालिका भने परिमार्जन गरिने छ । त्यसैगरी, सभापति देउवाले प्रस्ताव गर्दै बहुमतका आधारमा पारित भएको ४७ विभाग बढाउने निर्णय भने यथावत् रहने जनाइएको छ । नेविसंघमा देखिएको विवाद समाधानका लागि तदर्थ समिति बनाइ ६ महिनाभित्र महाधिवेशन गर्ने दुई पक्षबीच सहमति भएको छ । विभाग र केन्द्रीय कार्यसम्पादन समितिमा ४० र तरुण दलमा ३५ प्रतिशत पौडेल पक्षलाई दिने समझदारी बनेको बताइएको छ ।

शीर्ष तहमा भएको सहमतिलाई केन्द्रीय समितिबाट टुंग्याउन यही माघ १३ गते केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);