एमसीसी सम्झौताका केहि प्रावधान संशोधन हुनुपर्छ : गृहमन्त्री रामबहादुर थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

एमसीसी सम्झौताका केहि प्रावधान संशोधन हुनुपर्छ : गृहमन्त्री रामबहादुर थापा

Home-Minister-Ram-Bahadur-Thapa

काठमाडौं, ११ माघ । एमसीसी सम्झौताका केहि प्रावधान संशोधन हुनुपर्ने गृहमन्त्री थापाको अडान, नेपालको सार्वभौमिकता र स्वतन्त्रता कुण्ठित हुने देखिए एमसीसी मान्य नहुने स्पष्ट पार्नुभएकाे छ।

गृहमन्त्री रामबहादुर थापाले मिलिनियम च्यालेन्ज कर्पोरेशन परियोजना एमसिसी सम्झौताका कोहि प्रावधान संशोधन हुनुपर्ने बताउनु भएको छ ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार सुर्खेत पुग्नु भएका गृहमन्त्री थापाले एमसिसीमा भएका केही प्रवधानहरु संशोधन गरेर मात्र पारित गर्नु पर्ने बताउनु भएको हो । उहाँले नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसिसी मान्य नहुने स्पष्ट गर्नुभयो ।

यसैगरी मन्त्री थापाले विप्लव समुहको नेकपा माओवादीका माथिल्लो तहका नेताहरुसंग वार्ताका लागि सरकारले तयारी गरिरहेको समेत बताउनु भयो । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको २ दिने प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागिहुन मन्त्री थापा सुर्खेत पुग्नु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);