दुनियाँको कुनै किताबमा फेला पर्दैन नेपालको कम्युनिष्ट शासन प्रणाली : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

दुनियाँको कुनै किताबमा फेला पर्दैन नेपालको कम्युनिष्ट शासन प्रणाली : प्रचण्ड

puspa kamal dahal-prachanda

काठमाडौं, ११ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा फेला नपर्ने खालको भएको बताउनुभएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा शनिबार “जनताको जनवादका आधारहरु” विषयक पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट क्रान्ति पुरानो पूँजीवादी क्रान्ति र नवजनवादी क्रान्ति भएको हो । नेपालमा कम्युनिष्ट शासन प्रणलीलाई समाजवाद उन्मुख जनताको जनवादको रुपमा समाजवादको आधार तयार पार्ने एउटा राजनीतिक प्रक्रियाको रुपमा लिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्धारा सम्पादित “जनताको जनवादका आधारहरु”। पुस्तकमा नेकपाको एकीकृत अवस्था, एमालेका ऐतिहासिक दस्तावेजका अंशहरु, माओवादीका ऐतिहासिक दस्तावेजका अंशहरु र ऐतिहासिक एकताको अवस्था समावेश गरिएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);