अब आकाशमा उडिरहेको विमानमा इन्टरनेट चलाउन पाइने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अब आकाशमा उडिरहेको विमानमा इन्टरनेट चलाउन पाइने

काठमाडौं, २६ माघ । अबदेखि नेपाली आकाशमा उडिरहेको जहाजमा इन्टरनेट चलाउन पाइने भएको छ । उडिरहेको विमानमा अब इनफ्लाइट कम्युनिकेसन सेवामार्फत मोबाइल फोन र इन्टरनेट सेवा चलाउन पाइने भएको हो ।

नेपाल दुरसञ्चार प्राधिकरणले जारी गरेको ‘इनफ्लाइट कम्युनिकेसन’ सम्बन्धि अन्तरिम आदेश अनुसार यस्तो सेवा पाइने भएको हो । यो सुविधा लिएका जहाजहरुले यात्रुहरुलाई वाइफाइ सुविधा दिनेछन् । अहिलेको व्यवस्था अनुसार जहाजमा आकाशमा उड्दा मोबाइल फोन वा अन्य विद्युतिय उपकरण फ्लाइट मोडमा राख्न अनिवार्य गरिएको छ ।

यो नेपाली जमिनको १० हजार फिटमाथि हवाइजहाज उडिरहेको बेलामात्रै यो सेवा प्रयोग गर्न पाउनेछन् । तल गुडिरहेको समयमा र उड्न वा अवतरण गर्न लागेको बेला भने यो सेवा पाउँदैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);