नेपाली सेनाको बढुवामा राजनीति हुँदा रथी पद तीन महिनादेखि रिक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

नेपाली सेनाको बढुवामा राजनीति हुँदा रथी पद तीन महिनादेखि रिक्त

nepali sena

विक्रम श्रेष्ठ
काठमाडौं, १९ मंसिर । विशुद्ध चेन अफ कमाण्डमा चल्ने मुलुक सुरक्षाको सर्वाेच्च अंग नेपाली सेना भित्र पनि नेपाल प्रहरीमा जस्तै बढुवामा राजनीति हुन थालेको छ । उपरथी अनुज बस्न्यात खाली रहेको रथी दर्जामा पदोन्नती हुनु पर्ने भएपनि ३ महिना वित्दा समेत नियमानुसार पदोन्नती नगरिँदा त्यसको असर तल्लो तहसम्म पुगेको छ ।

दुई रथी मध्य पुर्णचन्द्र थापा प्रधानसेनापति बनेपछि एक रथी पद भदौ २४ गते देखि रिक्त छ । रिक्त पदपुर्तिका लागि बरिष्ठतम व्यक्तिलाई पदोन्नती गर्ने गरिएको छ । रोलक्रम अनुसार उपरथी अनुज बस्न्यातको पदोन्नती हुनु पर्ने हो । तर ३ महिना वित्न लाग्दा समेत जंगी अड्डाले कुनै तयारी थालेको छैन ।

रोलक्रम अनुसार रथीका हक्दार आफु भएपछि बस्न्यात आफ्नो पदोन्नतीका लागि जंगी अड्डा र रक्षा मन्त्रालयसम्म धाइसकेका छन् । रक्षामन्त्री ईश्वर पोख्रेलसंग भेटेर बस्न्यातले रोलक्रम अनुसार आफुलाई पदोन्नती नगरेको भन्दै लिखित निवेदन नै दिई मन्त्री पोख्रेलको ध्यानाकर्षण गराएका थिए ।

त्यसो त मन्त्रालयले जंगी अड्डामा पदोन्नती नगरिनुको कारण माग गरेको छ । यसबारे थप बुझ्न खोज्दा नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारी आफुलाई सवै जानकारी नभएको भन्दै बोल्न मानेनन् ।

अबको केही दिनभित्र पनि उपरथी बस्न्यातको पदोन्नती सिफारिस नभए उनले अवकाश पाउने छन् । दुई रथी मध्य एक बलाध्यक्ष र अर्का बलाधिकृत भएर जिम्मेवारी सम्हाल्नु पर्ने हुन्छ । रथी पद रिक्त हुँदा बस्न्यातको पदोन्नती मात्रै होइन त्यो भन्दा तल्लो तहको उदोन्नती समेत रोकिएका छन् । रोलक्रम अनुसार हुनु पर्ने सामान्य सिफारिस/निर्णय रोकिन नहुने पुर्व सैन्य अधिकारीको भनाई छ ।

विना कारण पदोन्नती रोकेर भावि प्रधान सेनापतिको रोलक्रमलाई आफु अनुकुल बनाउन र आफ्नो नजिकका मानिसलाई प्रधानसेनापतिका लागी बाटो बनाउन नेपाली सेनाभित्र चलखेल भइरहेको त छैन ? भन्ने प्रश्न समेत उठेको छ ।

प्रधानसेनापति पुर्णचन्दा थापा आफैँमा सैनिक संगठनभित्र रुचाइएका ब्यक्ति हुन् । उनको कार्यकालमा नेपाली सेनाभित्रको गलत क्रियाकलाप र आलोचना मत्थर हुने अपेक्षा गरिएको छ । तर यस्ता सामान्य विषयलाई अल्झाएर ठुलो समस्या खडा गर्नु वा पुर्वाग्रह राख्नु थापाका लागि कत्ति पनि सुहाउँदैन ।

त्यसमाथि राष्ट्र सुरक्षाको पहरा नेपाली सेनाभित्र यस्तो प्रवृत्ति विकास हुनु हुँदैन । नेपाल प्रहरीमा व्याप्त राजनीतिक हस्तक्षेप र पदिय अस्वस्थ प्रतिस्पर्धा नेपाली सेनामा पनि सर्ने हो की ? भन्ने आशंका बढेर गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);