जङ्गबहादुरले किन आफ्नै शालिक हटाउन लगाए | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जङ्गबहादुरले किन आफ्नै शालिक हटाउन लगाए

माउण्टेन टेलिभिजन, २३ पौष । नेपालको इतिहासका सबैभन्दा खतरनाक चित्रण गरिएका पात्र हुन् जङ्गबहादुर । उनको नाम लिनेवित्तिकै रक्तपातपूर्ण कोतपर्व सम्झने गरिन्छ । उनले षड्यन्त्रमूलक घटनाहरु घटाउने क्रममा सत्ताका लागि आफ्नै मामा माथवरसिंह थापासम्मको हत्या गरेको उल्लेख छ । तर, उनै जङ्गबहादुरले नेपाललाई बाह्य सँसारमा सशक्त रुपमा परिचित गराउने देखि कानूनी शासनलाई मजबुत बनाउन मुख्य भूमिका खेलेका थिए ।

जङ्गबहादुर राणालाई भेटेका रुसी नागरिक मिनाएभले उनको बारेमा धेरै रहस्य खोलेका छन् । १९ औं शताब्दीमा नेपाल आएका थिए मिनाएभ । जङ्गबहादुर मसिनो स्वरले बोल्ने गरेको यात्रावर्णनमा उल्लेख छ । मिनाएभले लेखेका छन्ः आफूभन्दा पछि हुने नेपालका भावी शासकहरुले उनको प्रतिमाको यथायोग्य सम्मान दर्शाउते छैनन् भन्ने ठानेर जङ्गबहादुरले राखिसकेको शालिक नै हटाउन आदेश दिए ।’ जङ्गबहादुरले समेत आफ्नो शालिक राख्न दिएनन् । उनले न त बाटोघाटो, पुल पाटी, पौवामा आफ्नो नाम राखे ।

जङ्गबहादुर यतिसम्म दुरदर्शी रहेको रुसी यात्री मिनाएभको यात्रावर्णनबाट बुझ्न सकिन्छ । २१औं शताब्दीका नेपालका नेताहरु अहिले नै आफ्नो शालिक ठड्याउँला जस्तो गर्न थालिसकेका छन् । कतिपयले आफ्ना परिवारका सदस्यको शालिक ठड्याउन लगाइसकेका छन् । कस्को कति योगदान हो र कहाँ कस्को शालिक ठड्याउने भन्दा पनि आफ्ना मान्छेको शालिक सार्वजनिक स्थानमा ठड्याउने प्रवृत्ति हावी भइसकेको छ । हुँदा हुँदा आत्महत्या गरेका गायकको समेत शालिक ठड्याउने कुरा आएको छ ।

कुनैपनि शालिक आफैमा सन्देश हो । कस्ले कति योगदान गरेको छ र त्यो व्यक्ति देख्दा पनि सर्वसाधारणको मनमा सकारात्मक विचार र प्रेरणा जाग्नुपर्छ । अहिले सडकका चोकहरुमा यस्ता व्यक्तिहरुको शालिक ठड्याइएका छन् जनताले श्रद्धा भन्दा पनि नकारात्मक भाव देखाउँछन् । कतिपय ठाउँ र बाटोहरुको नाम जर्बजस्ती थोपरिएको छ । यति त तानाशाह भनिएका जङ्गबहादुरले पनि गरेका थिएनन् ।

देशमा अनगिन्ती सहिद घोषणा गरिएका छन् । कसैको शालिक ठड्याइएको छ त कसैको नाम ठाउँ विशेषमा राखिएको छ । शालिक थोपरिएकाछन् । नामहरु जर्बजस्ती थोपरिएका छन् । प्राचीन र संस्कृतिसँग जोडिएका नामहरु मेट्ने गतिविधिहरु भइरहेको छ । यो पनि एक प्रकारको सांस्कृतिक अतिक्रमण हो । सँसारमा यस्ता गतिविधिहरु धेरै भए तर टिकेनन् । ठूला ठूला शालिक पनि जनताले ढाले । जङ्गबहादुरले त्यही बुझेर राखिसकेको शालिक निकाल्न लगाएका थिए । अहिले देशमा जे जसरी जर्बजस्ती शालिकहरु ठड्याइएका छन् त्यसमाथि प्रश्नहरु उठ्न थालेको छ । शालिककै अवमूल्यन हुन थालेको छ । यसले गलत सन्देश गइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);