प्रभावहीन बजार अनुगमन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रभावहीन बजार अनुगमन

anugaman

काठमाडौं, १७ चैत । आवश्यकभन्दा अधिक फाइदा कमाउने प्रवृत्तिका व्यवसायीलाई नियन्त्रणमा लिनु आवश्यक छ, तसर्थ सरकारले बेलाबखत विभिन्न अनुगमन निकाय परिचालन गर्छ।आपूर्ति व्यवस्थापन विभागबाट अनुगमनका लागि अन्तिम बिन्दु भक्तपुर बजारलाई मानी एउटा टोली हिँड्यो। टोलीले विभिन्न किसिमका खाद्यसामग्री अनुगमन गर्ने लक्ष्य राखेको थियो, साथै सुर्तीजन्य सामग्रीमा कर छली गर्ने प्रवृत्ति पनि।

अनुगमन टोलीले भक्तपुरका धेरै पसल घुम्यो। सुर्ती, गुट्खाका पोका कर स्टिकररहित नै देखियो। किन स्टिकरबिनाको सुर्ती बेचेको भन्दा पसलेले यस्तै आउँछ, योभन्दा आपूmलाई थप जानकारी नभएको बताए।

थप जानकारीका लागि कारखाना खोजी गरी पुग्ने निधो भयो। हिजो पनि आपूर्तिले ग्रिन टोबाको कम्पनी सुर्ती उद्योगले उत्पादन गर्ने सुपर लाइक सुर्ती बजार अनुगमन क्रममा स्टिकररहित पाइएको थियो। कारखानामा अनुगमन गरी २४ बोरा स्टिकररहित सुर्ती बरामद गरी राजस्व पुर्‍याइयो। त्यसविरुद्धको कारबाही अहिले पनि चलिरहेको छ।

बजार राजस्व स्टिकररहित सुर्तीले भरिएको हुन सक्ने, यसका साथै गोल्डेन टोबाको कम्पनीको उत्पादन त स्टिकरविहीन रहेको प्रमाणित देखियो, जानकारी आयो गोल्डेन टोबाको कम्पनी नजिकै छ। टोली कारखानाको खोजीमा अगाडि बढ्यो तर मुद्दा करको हुने भएकाले यस अनुगमनमा आपूर्तिले राजस्वको सहभागिता पनि माग्यो। तर, आन्तरिक राजस्व कार्यालय भक्तपुरका अधिकृत रावल फोनबाट आएको सूचनामा र बिनाचिठी अनुगमनमा सहभागी हुन मिल्दैन भनिरहेका थिए। आदेश कार्यालय प्रमुखको बताइरहेका थिए। तसर्थ आन्तरिक राजस्व कार्यालयका कोही प्रतिनिधि त्यतिबेला कार्यालयबाट २० मिनेटको दूरीमा रहेको कारखाना पुग्न मानेनन्।

आपूर्ति टोली एक्लै मुभ भयो, कारखानाका लागि साक्षी हामी पनि छांै। टोली कारखाना पुग्दा उद्योगले सुर्ती तयार गर्दै थियो। विभिन्न केमिकल हालेर तयार पारिने यो सुर्ती तयार गर्न बसेका कर्मचारीको हातमा पञ्जा थिएन, खुला हातले यिनले सुर्ती तयार गरिरहेका थिए। हामी यहाँ छिर्नासाथ सुर्तीबाट निस्किने रागले मुख छोप्न बाध्य बनायो। तर, काम गरिरहेका कर्मचारी बिनामास्क काम गर्दै थिए।

आरम्भ भयो छानबिन। कारखानामा साहुजी कोही थिएनन्। बाहिरबाट सानो देखिने कारखानामा गोल्डेन लायन, चक्का, सुपर नटराज, नटराजलगायत धेरै ब्रान्ड देखिए। नजिकै एउटा बोराको चाङ थियो, जसलाई कारखानाका कर्मचारीले निर्यातका लागि राखिएको बताए।

एक ठाउँमा बोराको सानो चाङ देखियो, जसमा राजस्व स्टिकररहित सुपर नटराज सुर्ती थियो। किन यस्तो भन्दा कारखानाका कर्मचारीले उचित जवाफ दिन सकेनन् र आपूर्ति व्यवस्था विभागका कर्मचारीले कारखानाको पहिचान स्थापित हुने गरी बोर्ड नराखेको र राजस्व स्टिकररहित सुर्ती उत्पादन गरेको भन्दै कारखाना सिल गर्दै थप छानबिनका लागि आन्तरिक राजस्व कार्यालयलाई जानकारी पठायो।

फेरि पनि आन्तरिक राजस्व कार्यालय भक्तपुरमा मुद्दा पुग्यो। अब यो मुद्दामा के हुन्छ भन्ने प्रश्नमा आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख सूर्य पोखरेल भन्छन्, ‘त्यहाँ देखिएका थप कुराउपर अनुसन्धान हुन्छ।’तर, अनुसन्धान अधिकृत नरबहादुर रावतको भनाइमा यो मुद्दा टुंगिँदा वर्ष दिन पनि लाग्न सक्छ।

खासमा कानुनले राजस्व स्टिकर वितरण, अनुगमन र कारबाहीको जिम्मा आन्तरिक राजस्व कार्यालयलाई दिएको छ। त्यसबाहेक राजस्व स्टिकरमा कारबाही चलाउने अधिकार अरू कसैलाई छैन। गरे पनि आन्तरिक राजस्व कार्यालय नगरे पनि उही। यहाँ सुरुदेखि आन्तरिक राजश्व कार्यालय आपूर्ति व्यवस्था विभागको सहभागितामा अनुगमन जान तम्तयार देखिएनन्। फेरि पनि अनुसन्धान गर्ने जिम्मा आन्तरिक राजस्व कार्यालय भक्तपुरले नै पायो परिणाम के आउँछ, हामी पनि साक्षी छौं।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);