रामेछापमा बजार अनुगमन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रामेछापमा बजार अनुगमन सुरु

ramechhap

नवराज श्रेष्ठ, रामेछाप, १५ पुस । रामेछाप जिल्लाका विभिन्न बजारमा अनुमति नै नलिईकन सामान विक्रि गरी उपभोक्तालाई ठग्नुको साथै उनीहरुको स्वास्थ्यमा समेत खेलबाड गरेको पाइएको छ । बजार अनुगमनका क्रममा एक महिना देखि फ्रीजमा राखेर बिक्रि गरिरहेको मासु तथा अनुमति विना सामान विक्रि गरिएको पाइएको हो ।

रामेछाप जिल्ला प्रशासनले सदरमुकाम मन्थली र पुरानो सदरमुकाम रामेछाप बजारमा गरेको अनुगमनका क्रममा उपभोग्य म्याद नाघेका तथा अनुमति विना बिक्रि गरिएको सुर्ती जन्य बस्तु ठूलो परिमाणमा जफत गरेको छ । प्रशासनले बजारका विभिन्न मासुपसलहरुबाट एक महिना सम्म फ्रीजमा राखेर विक्रि गरिरहेको खान अयोग्य मासु समेत ठुलो परिणाममा जफत गरी नष्ट गरेको छ ।

बजार अनुगमन टोलीले जिल्लाका हाटबजार तथा पसलहरुमा अनुगमनमा ठुलो मात्रामा सुर्ती, चुरोट, बिँडी र मापदण्ड नपुगेका माना, पाथि समेत जफत गरेको छ । अनुगमन टोलीले उपभोग्य मिति भएको ठाउँमा टिपेक्स लगाएर बिक्रि गरिरहेको कस्मेटीक सामाग्री समेत जफत गरेको छ । जिल्लाको बजार क्षेत्रहरुमा प्रशासनले कडा अनुगमन गर्नथालेपछि उपभोक्ता पनि खुशी देखिएका छन् ।

यता, व्यवसायीहरुले भने प्रशासनको अनुगमन पद्दती प्रति आक्रोस व्यक्त गरेका छन् । सुर्तीजन्य सामाग्री विक्रि बितरण गर्न अनुमति लिनुपर्ने कुरा र माना पाथिको प्रयोग गर्न नपाउने भन्ने बारेमा आफूहरुलाई थाहानै नभएको भन्दै प्रशासनले आफुहरुमाथि ज्यादती गरेको उनीहरुको आरोप छ ।

विना अनुमति व्यापारीहरुले विभिन्न व्यवसाय संचालन गरिरहेकाले यसलाई राज्यले तोकेको मापदण्डमा ल्याउन पनि थप कडा अनुगमन गर्न आगामी दिनमा जिल्ला प्रशासन संग थप समन्वय गर्ने स्थानीय सरकारको योजना छ ।

२ नगरपालिका ६ गाउँपालिका रहेको रामेछाप जिल्लाको बजार क्षेत्रहरुमा लाग्ने हाटमा म्याद गुज्रीएको सामाग्री बिक्रि भैरहेको र नाप तौलमा गाउँघरका चलन चल्तीका साना माना पाथिको प्रयोग हँुदा उपभोक्ताहरु ठगिने गरेको गुनासोहरु आउने गरेका छन् । यसलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रशासनको यो सक्रियता अझ बढ्नु आवश्यक रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);